advertisement

उनले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गनुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताए । कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गरिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको बताए ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिए । यस्तै उनले चीनबाट ल्याइएको स्वास्थ्य परीक्षण लगायतका सामग्री सबै प्रदेशमा पुर्याइने बताए  ।

" /> हरेक मृत्युलाई कोरोनासँग नजोडौँ : स्वास्थ्य मन्त्रालय - Sarbocha Media

हरेक मृत्युलाई कोरोनासँग नजोडौँ : स्वास्थ्य मन्त्रालय

`

     २०७६ चैत्र १७ गते २:३१

काठमाडौं, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९)सँग नजोड्न आग्रह गरेको छ ।गाउँघरमा कसैको ज्यान गए पनि कोरोनासँगै जोड्ने गरिएको भन्दै मन्त्रालयले सबै मृत्युलाई कोरोनासँग नजोड्न आग्रह गरेको हो ।

सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाकै कारण मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे ।

advertisement

उनले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गनुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताए । कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गरिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको बताए ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिए । यस्तै उनले चीनबाट ल्याइएको स्वास्थ्य परीक्षण लगायतका सामग्री सबै प्रदेशमा पुर्याइने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?