advertisement

तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे। उनीहरूले रविशंकरका छोराको आँशु पुछे र अन्तिम संस्कारमा आफूहरूले सहयोग गर्ने बताए।

शव बाँसमा राखेर बाँधे। शव उठाएपछि उनीहरूले भने- राम नाम सत्य है। हिन्दुहरूले शव उठाएर घाटसम्म पुर्‍याउँदा राम नाम जप्ने गर्छन्।

रविशंकरको मलामी गएका मुस्लिम छिमेकीहरू दाह संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए।

मुस्लिम छिमेकीले रविशंकरको शव उठाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शवबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन। तर धेरै मानिसहरू भने भाइरस सर्ने डरले मृतकको नजिक जान डराउँछन्।

" /> कोरोना त्रासले शव उठाउन काेहि पनि नआएपछि मुस्लिमले उठाए हिन्दु छिमेकीको शव - Sarbocha Media

कोरोना त्रासले शव उठाउन काेहि पनि नआएपछि मुस्लिमले उठाए हिन्दु छिमेकीको शव

`

     २०७६ चैत्र १७ गते ८:३५

एजेन्सी १७, चैत । गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भयो।

रविशंकर नामका ती व्यक्तिको मृत्युपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे। हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनार/घाटमा लिएर जलाउनु पर्छ। त्यसका लागि कम्तीमा पनि ४-५ जना मान्छे चाहिन्छन्।

ती व्यक्तिको के कारणले मृत्यु भएको बताइएको छैन। तर कोरोना त्रास चलिरहेकाले उनको शव उठाउन कोही आएनन्।

उनका छोराले एक्लै बुवाको शव बोकेर लिन सकेनन्। छिमेकमा मुस्लिम बस्ती थियो। तर उनीहरूको मृत्यु संस्कार अर्कै हुने भएकाले छोराले आउलान् भन्ने ठानेका थिएनन्।

advertisement

तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे। उनीहरूले रविशंकरका छोराको आँशु पुछे र अन्तिम संस्कारमा आफूहरूले सहयोग गर्ने बताए।

शव बाँसमा राखेर बाँधे। शव उठाएपछि उनीहरूले भने- राम नाम सत्य है। हिन्दुहरूले शव उठाएर घाटसम्म पुर्‍याउँदा राम नाम जप्ने गर्छन्।

रविशंकरको मलामी गएका मुस्लिम छिमेकीहरू दाह संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए।

मुस्लिम छिमेकीले रविशंकरको शव उठाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शवबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन। तर धेरै मानिसहरू भने भाइरस सर्ने डरले मृतकको नजिक जान डराउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?