काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतका प्रधानमन्त्रीले भारतलाई लकडाउन गरेका छन् । यसको असर भारतका दशौँलाख गरिबहरुमाथि परेको छ । जसका लागि प्रधानमन्त्री मोदीले माफी मागेका छन् ।
चार घण्टाको मात्र पूर्व सूचना दिएर पूर्णरुपमा लकडाउन गरेपछि भातमा सो सम्बन्धी आलोचना हुन थालेको छ । भारतमा एक अर्व तीस करोड जनसंख्या छन् । लकडाउनले कयौलाई भोको र बेरोजगारी बनाएको छ । आइतबार प्रधानमन्त्री मोदीले साप्ताहिक रेडियोमा सम्बोधन गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनले पारेको समस्या प्रति माफि माग्दै यो बाहेक अरु कुनै उपाय नै नरहेकोले कोरोनाविरुद्ध लड्नका लागि यो कदम चालेको बताए । उनले ‘जीवन र मृत्युको यो लडाई हामीले जित्नुपर्छ’ भने ।

हाल भारत तीन हप्ता लकडाउनमा छ । यसक्रममा कतिपय बेरोजगार बनेका व्यत्तिहरु लकडाउनको नियमलाई उल्लंघन गरेर घर फर्किरहेको बताइएको छ ।
प्रहरीले रोएटर्स समाचारसंस्थालाई बताए अनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएको बीबीसीमा उल्लेखछ ।




