एजेन्सी, १७ चैत । विश्वमा महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणको परीक्षणका लागि बेलायतले कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर संक्रमण पत्ता लगाउन परीक्षण सुरु गर्न लागेको छ ।
विश्वभरि कोभिड–१९ महामारी फैलिएको समयकालखण्डमा डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन तालिम दिन लागेको हो ।

मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको अधिकारीहरुले बताएको छ ।
बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय खोजी हुन लागेको मेडिकल डिटेक्शन डग्सले जनाएको हो ।




