एजेन्सी, १६ चैत । इटालीमा महारीमारीकोरुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ ।
हिजो शनिबार मात्रै थप ८८९ जनाको ज्यान गएको इटालीको सिभिल प्रोटेक्सनले जनाएको छ । आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या ३० हजार ८ सय ७८ पुगेको छ भने ६ लाख ६३ हजार ७ सय ४० संक्रमित रहेका छन् ।




