काठमाडौं, १६ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितका उपचारका लागि आवश्यक औषधि लिएर चीनबाट नेपाल एयरलाइन्सको विमाननेपाल आइएपुगेको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार शनिबार नेपालबाट चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरणसहित विमान नेपाल आइपुगेको जनाइएको छ ।




