advertisement

क्योमोले लकडाउन भयो चीनको वुहान जस्तो हुने भन्दै लकडाउन गर्न नहुने बताएका हुन्। उनले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हो भन्दै उनले आफू यसमा असहमत रहेको बताए ।

" /> अमेरिकी राष्ट्रपति ट्रम्प न्यूयोर्कमा क्वारेन्टाइन बनाउने तयारी गर्दै, लकडाउन नर्गने - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्प न्यूयोर्कमा क्वारेन्टाइन बनाउने तयारी गर्दै, लकडाउन नर्गने

`

     २०७६ चैत्र १६ गते २:५४

एजेन्सी, १६ चैत। अमेरिकामा पनि कोरोना भाइरसले संक्रमणबाट २ हजार बढीको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्ने भएको छ ।

ट्रम्पले न्यूर्योकमा कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचेको जनाएको छ । ट्रम्पले पत्रकारहरुलाई न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सक्ने बताएका हुन् ।

न्यूयोर्कमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेपनि न्यूयोर्कका गभर्नर एन्ड्र’ क्योमो न्यूयोर्कलाई लकडाउन गर्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । उनी न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न भने तयार भएका छन् ।

advertisement

क्योमोले लकडाउन भयो चीनको वुहान जस्तो हुने भन्दै लकडाउन गर्न नहुने बताएका हुन्। उनले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हो भन्दै उनले आफू यसमा असहमत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?