काठमाडौँ, १६ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट अमेरिकामा २ हजार बढीको ज्यान गएको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ भने संक्रमितको संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ ।
अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ३०२ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो एकैदिनमा मात्र ५१५ जनाको मृत्यु भएको छ।

यद्यपि ३ हजार २३१ जना भने उपचारपछि पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । कोरोना भइरस सक्रिय रहेका १ लाख १७ हजार ९८६ मध्ये २ हजार ६६६ को अवस्था भने गम्भीर रहेको छ ।




