advertisement

विश्मा कोरोनाबाट ज्यान जानेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ । यस्तै संक्रमितको संख्या भने ६ लाख ६२ हजार ९ सय ७६ पुगिसकेको छ । कोरोना दिनहु तीव्र गतीमा फैलिरहेको छ ।

" /> कोरोना भाइरसले लियो स्पेनकी राजकुमारी ज्यान - Sarbocha Media

कोरोना भाइरसले लियो स्पेनकी राजकुमारी ज्यान

`

     २०७६ चैत्र १६ गते १२:५८

एजेन्सी, १६ चैत । विश्वभर महामारीकोरुपमा फैलदै गरेको कोरोना भाइरस अर्थात कोभिड–१९ ले स्पेनकी राजकुमारी ज्यान लिएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टेरेसाको निधन शुक्रबार निधन भएको जनाएको छ । उनको निधन भएको पुष्टि भएको बताइएको छ । योसंगै अहिलेसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने ७३ हजार २ सय ३५ संक्रमित भइसकेका छन्।

advertisement

विश्मा कोरोनाबाट ज्यान जानेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ । यस्तै संक्रमितको संख्या भने ६ लाख ६२ हजार ९ सय ७६ पुगिसकेको छ । कोरोना दिनहु तीव्र गतीमा फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?