नेपालगञ्ज १५ चैत । नेपालगञ्जको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको सो विमान दुर्घटनाग्रस्त भएको हो ।
राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ । तर, विमानमा रहेका सबै ५ जनालाई केहि नभएको बताइको छ ।
नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटना भएको हो ।




