काठमाडौं, १५ चैत । कोरोना भाइरसको संक्रमण महिलामा भन्द पुरुषमा बढी भएको पाइएको छ । कोरोना भाइरसको जोखिम महिलाको तुलनामा पुरुषलाई निकै बढी हुने एक प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनका अनुसार वैज्ञानिकहरुले इटाली, चीन, फ्रान्स, जर्मनी, इरान र दक्षिण कोरियाका ८८ हजार संक्रमितमा अध्ययन गरेको थियो । ती मध्य २ दशमलव ८ प्रतिशत पुरुष र १ दशमलव ७ प्रतिशत महिलाको ज्यान गएको छ ।
त्यस्तै चीनमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ६८ प्रतिशत पुरुष छन् । त्यस्तै इरानमा पनि संक्रमित बिरामीमा ६४ प्रतिशत पुरुष छन्।

उक्त तथ्यांकहरुमा महिलामा भन्दा पुरुषमा बढी संक्रमण देखिएको छ ।




