गोरखा, १५ चैत । गोरखामा अँगार निधारमा लगाउँदा कोरोना भाइरसको संक्रमणबाट जोगिने भ्रम फैलिएको छ ।
दैलो अगाडिको जमिन मुनिको अँगारले कोरोना नलाग्ने भ्रमको कारण गोरखाका धार्चे गाउँपालिका–२ रुन्चेतमा दुई सय ६५ घरका बासिन्दाले दैलो अगाडिको भुइ खनिसकेको बताइएको छ ।

शुक्रबारदेखि उक्त हल्ला चलेको जनाइएको छ । केरौंजा गाउँमा पनि प्राय सबै घरमा खनिएको वडा अध्यक्ष सुले बताएका छन् ।
दलाइ लामाले पठाएको सन्देश भन्दै सबैले दैलो खनेर निस्केको कालो टीका लगाउने गरेको जनाइएको छ ।




