एजेन्सी, १५ चैत । कोरोना भाइरसको संक्रमणबाट एक १०२ वर्षीया वृद्धा मुक्त भएकी छन् । २० दिन अस्पताल भर्ना भएकी इटालीकी वृद्धा अहिले निको भएर घर फर्किएकी जनाइएको छ । टालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुका अधिकांश ८० वर्षमाथिका रहेका छन्।
सीएनएनका अनुसार १०२ वर्षीयाको इटालिका ग्रोन्डोना अस्पतालमा उपचार भएको गियो । वृद्धा कोरोना मुक्त भएपछि अस्पतालका चिकित्सक भेरा सिक्बाल्डीले ‘इटालीका कोरोना महामारीबाट बच्न सक्ने सबै वृद्धवृद्धाका लागि आशाको किरण बनेकी छिन्
इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुका अधिकांश ८० वर्षमाथिका रहेको बेला १०२ वर्षीया वृद्धा भने कोरोनाबाट मुक्त हुन सफल एक मात्र व्यक्ति हुन् ।

शनिबार बिहानसम्म इटालीमा ९ हजार एक सय ३४ जनाको ज्यान गएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएका छन्।
विश्वमा भने कोरोनाको संक्रमितको संख्या ६ लाख पुग्न लागेको छ भने ज्यान जानेको संख्या २७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।




