advertisement

अमेरिकामा २४ घण्टामा कोरोना भाइरसका बिरामी १८ हजारभन्दा बढी थपिएका छन् । मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ ।

२४ घण्टा भित्र मात्र अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सयभन्दा बढी पुगेका छन्। शुक्रबार बिहानसम्म अ‍ेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २९३ थियो ।

अमेरिकाको राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको जनाइएको छ ।

" /> अमेरिकामा कोरोना भाइरसको महामारी : संक्रमित हुनेको संख्या एक लाख नाघ्यो, २४ घण्टाभित्र ४ सय बढीले ज्यान गुमाए - Sarbocha Media

अमेरिकामा कोरोना भाइरसको महामारी : संक्रमित हुनेको संख्या एक लाख नाघ्यो, २४ घण्टाभित्र ४ सय बढीले ज्यान गुमाए

`

     २०७६ चैत्र १५ गते २:३७

काठमाडौं, १५ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमितको संख्या अमेरिकामा तीव्र गतीमा वृद्धि भएको छ ।

पछिल्लो समय अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको स्थान बनेको छ । आज शनिबार बिहान यो समचार तयार पर्दासम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको तथ्यांक बाहिरियएको छ।

अहिले अमेरिकामा कोरोना संक्रमण हुनेको संख्या १ लाख ४ हजार ४२ पुगेको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्स डट इन्फोले जनाएको छ ।

advertisement

अमेरिकामा २४ घण्टामा कोरोना भाइरसका बिरामी १८ हजारभन्दा बढी थपिएका छन् । मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ ।

२४ घण्टा भित्र मात्र अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सयभन्दा बढी पुगेका छन्। शुक्रबार बिहानसम्म अ‍ेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २९३ थियो ।

अमेरिकाको राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?