एजेन्सी,१५ चैत । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिनमा ९१९ जनाको ज्यान गएको छ ।
९१९ जनाको ज्यानले ज्यान गुमाएसँगै शनिबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ ।
शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएको तथ्यांक आएको छ । शुक्रबार मात्र इटालीमा ५ हजार ९ सय जना संक्रमित भेटिएको छ ।

हालसम्म विश्वमा ५ लाख ९६ हजार ३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ भने २७ हजार तीन सय ४३ जनाले ज्यान गुमाएका छन् ।




