काठमाडौं, १३ चैत। नेपाल आयल निगमले लकडाउनको समयमा आधा मात्र भरेको ग्यास दिने निर्णय गरेको छ ।
सिलिन्डर आधा मात्र ग्यास भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निगमले निर्देशन दिएको हो ।
१४.२ केजी ग्यास सिलिन्डरमा अब भने ७.१ केजी मात्रै ग्यास हुनेछ । मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको निगमका एक अधिकारीले बताएको छ ।

निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको थियो ।




