advertisement

नेपालमै भने अहिलेसम्म नभएको हुँदा डब्लुएचओले तत्काल संक्रमण रोक्नने उपाएहरु अपनाउन आग्रहर गरिएको छ । हालसम्म विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या २१ हजार नाघिसकेको छ भने चार लाख बढी संक्रमित रहेका छन् ।

इटाली, स्पेन, फ्रान्स, अमेरिका ,भारतलगायतका देशहरको जस्तै अवस्था भोग्न नपरोस भन्दै डब्लुएचओले चाँडो भन्दा चाँडो कोरोनालाई रोकथाम गर्न जोड दिएको छ।

" /> डब्लुएचओको चेतावनी : प्रारम्भिक चरणमै कोरोनालाई रोकथाम नगरे महामारी निम्त्याउने - Sarbocha Media

डब्लुएचओको चेतावनी : प्रारम्भिक चरणमै कोरोनालाई रोकथाम नगरे महामारी निम्त्याउने

`

     २०७६ चैत्र १३ गते ६:२७

काठमाडौं, १३ चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ लाई रोकथाम गर्न नसकेमा नेपालमा महामारी फैलिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

कोरोना भाइरसबाट नेपाललाई बचाउन डब्लुएचओले प्रारम्भिक चरणमै रोक्न भनेको छ । नेपालमा बसेकाहरुमा अहिलेसम्म संक्रमण नदेखिएको कारण अहिले नै सतर्कता अपनाए कोरोनाको ठूलो महामारी बच्न सक्ने डब्लुएचओल जनाएको छ ।

हालसम्म तीन जना विदेशबाट आएको नेपालीमा मात्र संक्रमण देखिएको हुँदा नेपालले आफूलाई कोरोनाको महामारी बचाउन सक्ने यो समय नै रहेको बताइएको छ।

advertisement

नेपालमै भने अहिलेसम्म नभएको हुँदा डब्लुएचओले तत्काल संक्रमण रोक्नने उपाएहरु अपनाउन आग्रहर गरिएको छ । हालसम्म विश्वमा कोरोनाबाट ज्यान जानेको संख्या २१ हजार नाघिसकेको छ भने चार लाख बढी संक्रमित रहेका छन् ।

इटाली, स्पेन, फ्रान्स, अमेरिका ,भारतलगायतका देशहरको जस्तै अवस्था भोग्न नपरोस भन्दै डब्लुएचओले चाँडो भन्दा चाँडो कोरोनालाई रोकथाम गर्न जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?