एजेन्सी, १३ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट इटालीमा एक नर्सले आत्महत्या गरेकी छन् ।
कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी उनमा पनि संक्रमण भएपछि आफूमाबाट कोरोनाको संक्रमण अरुमा नसरोस भन्दै आत्महत्या गरेकी खुलेको छ । ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्।
ट्रेज्जी कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा लागिपरेकी थिइन् । कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी सञ्चार माध्यममाल उल्लेख छ ।

लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स ट्रेज्जी कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा परेको क्षत्रको उपचार गर्दागर्दै कोरोनाभाइरसबाट आफै संक्रमित हुन पुगेकी जनइएको छ। अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी उनले लेखेकी एक पत्रमा उल्लेख छ ।




