advertisement

मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको छ । मन्त्रालयले चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गरेकाले ठूला खाद्यान्न बिक्रेतासमेत रहेका सुपरमार्केटलाई उपभोक्ताको मागअनुसार घरसम्मै खाद्यान्न ढुवानी गरी कोरोना भाइरस नियन्त्रणको प्रयासमा सहयोग गर्न आग्रह गरेको हो ।

" /> लकडाउनकोबेला सरकारले चामल, दाल, तेल, नुन, आलुलगायतका अत्यावश्यकीय वस्तु घरमै ल्याइदिने - Sarbocha Media

लकडाउनकोबेला सरकारले चामल, दाल, तेल, नुन, आलुलगायतका अत्यावश्यकीय वस्तु घरमै ल्याइदिने

`

     २०७६ चैत्र १३ गते ३:५३

काठमाडौँ, चैत १३ । सरकारले काठमाडौँ उपत्यकाकावासीका लागि अत्यावश्यकीय वस्तु घर – घरमा पुर्याउने भएको छ ।

११३७ मा फोन गर्ने वितिकै काठमाडौं उपत्यकाको घरमा अत्यावश्यकीय वस्तु चामल, दाल, तेल, नुन, आलुलगायतका आइपुग्ने बताइएको छ। यो नम्बरमा फोन गदाए पैसा नलाग्ने जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।

advertisement

मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको छ । मन्त्रालयले चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गरेकाले ठूला खाद्यान्न बिक्रेतासमेत रहेका सुपरमार्केटलाई उपभोक्ताको मागअनुसार घरसम्मै खाद्यान्न ढुवानी गरी कोरोना भाइरस नियन्त्रणको प्रयासमा सहयोग गर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?