एजेन्सी, १२ चैत। महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणको कारण विश्वभरका मुख्य वायुसेवा , कम्पनीहरुको विमान उड्न छोडेको छ । विश्वभर उडिरहने सबैजसो विमान अहिले पार्किङमै छन् ।

विमान उड्न छोडपछि विश्वका अधिकांश स्थानमा विमान पार्किङ अभाव भएको जनाईको छ । पार्किङ महङ्गो हुने हुँदा विमान कम्पनीठूलो आर्थिक संकटमा परेको छ ।
विमान पार्किङ गर्दा युरोपका मुख्य विमानस्थलहरुमा प्रतिघण्टा २८५ डलर पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।




