advertisement

पछिल्लो २४ घण्टामै इटालीमा कोरोनाबाट ७४३ जनाको ज्यान गएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ४७ जना नयाँ संक्रमित भेटिएका छन् ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

" /> कोरोनाबाट विश्वमै सबै भन्दा धेरै मृत्यु हुनेको संख्या इटालीमा, एक सातामै ४ हजारको गयो ज्यान - Sarbocha Media

कोरोनाबाट विश्वमै सबै भन्दा धेरै मृत्यु हुनेको संख्या इटालीमा, एक सातामै ४ हजारको गयो ज्यान

`

     २०७६ चैत्र १२ गते २:५७

काठमाडौं, १२ चैत । कोरोना भाइरसले इटालीमा ६ हजार बढीको ज्यान लिएको तथ्यांक बाहिर आएको छ । विश्वमा सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाएको संख्या इटालीमा भएको तथ्यांक बाहिर आएको हो ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० पुगेको छ । यो संख्या कोरोनाको उद्गमस्थल चीनमा भन्दा दोब्बरले बढी हो । चीनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म ३ हजार २८१ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोनाबाट अहिलेसम्म ६९ हजार १७६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ३२६ जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ३० जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ३ हजार २०४ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनमा हालसम्म ८१ हजार २१८ जनामा कोरोनाको संक्रमण देखिए पनि बाँकी ४ हजार २७८ जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् । ७३ हजार ६५० भने पूर्ण रुपमा निको भइसकेका छन् ।

advertisement

पछिल्लो २४ घण्टामै इटालीमा कोरोनाबाट ७४३ जनाको ज्यान गएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ४७ जना नयाँ संक्रमित भेटिएका छन् ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?