advertisement

न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ । अमेरिकाको न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् ।

चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

" /> विश्वमहामारीको अर्को केन्द्र अमेरिका, कोरोना भाइरसबाट अमेरिकामा सोमबार मात्रै १४० को ज्यान गयो - Sarbocha Media

विश्वमहामारीको अर्को केन्द्र अमेरिका, कोरोना भाइरसबाट अमेरिकामा सोमबार मात्रै १४० को ज्यान गयो

`

     २०७६ चैत्र ११ गते ५:२८

एजेन्सी, ११ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट अमेरिकामा ५५३ जनाले ज्यान गुमाएका छन् ।
यो रोगबाट २४ घण्टामै १० हजार बढी नयाँ बिरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १४० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या ५ सय ५३ पुगेको जनाएको छ ।

सोमबार मात्रै अमेरिकामा १४० को ज्यान गएको छ भने १० हजार १६८ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या ४३ हजार ७३४ पुगेको छ । तीमध्ये २९५ जना पूर्ण रुपमा निको भइसकेको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोमा उल्लेख छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा ४२ हजार ८४६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ४० जनाको अवस्था गम्भीर रहेको छ ।

advertisement

न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइसकेको छ । अमेरिकाको न्यूयोर्क विश्वमहामारीको अर्को केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् ।

चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?