advertisement

अहिले भने उनीहरुलाई कञ्चनपुरको डोकेबजारस्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रहरीले घेरा हालेर राखेको प्रहरीले जनाएको छ।

" /> लकडाउनकोबेला ५ सय बढी भारतबाट नेपाल प्रवेश गर्न थालेपछि तनाव सिर्जना, प्रहरीमाथि ढुंगामुढा - Sarbocha Media

लकडाउनकोबेला ५ सय बढी भारतबाट नेपाल प्रवेश गर्न थालेपछि तनाव सिर्जना, प्रहरीमाथि ढुंगामुढा

`

     २०७६ चैत्र ११ गते ५:०६

कैलाली, ११ चैत । मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि नेपाल सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि नेपाल–भारत नाकामा तनाव सिर्जना भएको छ ।

कैलालीको गौरीफन्टास्थित मंगलबार बिहान  ५ सय बढीको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि तनाव सिर्जना भएको हो।

कामका शिलशिलामा भारतका विभिन्न ठाउँमा गएका नेपालीहरु घर फर्कन मंगलबार बिहानै नाकामा आएका थिए । उनीहरुलाई सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेशमा गर्न दिएनन् । त्यसपछि उनीहरुले नेपाल छिर्न दिनुपर्ने माग गर्दै नारा गर्न सुरु गर्दै प्रहरीमाथि ढुंगामुढासमेत गरे ।

advertisement

अहिले भने उनीहरुलाई कञ्चनपुरको डोकेबजारस्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रहरीले घेरा हालेर राखेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?