advertisement

वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् । पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।

भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ । भारतभरि तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ । त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन छ भने रेल, बस, हावाई सेवा पनि ठप्प छन् ।

" /> भारतमा कोरोनाबाट ज्यान जानेकाे संख्या १० पुग्यो, २४ घण्टामै थपिए १०३ नयाँ बिरामी - Sarbocha Media

भारतमा कोरोनाबाट ज्यान जानेकाे संख्या १० पुग्यो, २४ घण्टामै थपिए १०३ नयाँ बिरामी

`

     २०७६ चैत्र ११ गते १:४३

काठमाडौँ, ११ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।

advertisement

वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् । पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।

भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ । भारतभरि तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ । त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन छ भने रेल, बस, हावाई सेवा पनि ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?