advertisement

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए। ठूलो संख्यामा आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्। ‘सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,’ थापाले भनिन्।

" /> भारतबाट आएका ५ सय ४० जना नेपाली क्‍वारेन्टाइनबाट 'भागे' - Sarbocha Media

भारतबाट आएका ५ सय ४० जना नेपाली क्‍वारेन्टाइनबाट ‘भागे’

`

     २०७६ चैत्र १० गते ११:११

नेपालगञ्ज, १० चैत । सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्। ‘कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्‍न सकेनौं,’ एक प्रहरीले भने।

advertisement

बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो। क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए। ठूलो संख्यामा आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्। ‘सीमामा अलपत्र परेका ५ सय ४० जनालाई ल्याएर राखेका थियौं। हामीले व्यवस्था मिलाउँदै थियौं, उहाँहरु भागिसक्‍नुभएछ,’ थापाले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?