advertisement

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले सबै नाका बन्द गर्ने निर्ण गरेको बताइएको छ ।

" /> सोमबारदेखि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द गर्ने सरकारकाे निर्णय - Sarbocha Media

सोमबारदेखि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द गर्ने सरकारकाे निर्णय

`

     २०७६ चैत्र १० गते ४:४५

काठमाडौं, १० चैत । सोमबारदेखि भारत र चीनसँगका सबै नाका पूर्णरूपमा बन्द हुने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । तर नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहने छ।

advertisement

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले सबै नाका बन्द गर्ने निर्ण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?