बर्दिया, १० चैत । विश्वभर कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारी फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपालभारत सीमानाकाहरु बन्द गरिरहेको छ । यसैक्रममा बर्दियामा लुकिछिपि ७ जना नेपाल प्रवेश गरेका छन् ।
नेपाल प्रवेश गरेका उनीहरुलाई बर्दियामा ६ जनालाई क्वारेन्टाईन र एक जनालाई आईसोलेसनमा राखिएको छ । लुकिछिपि नेपालप्रवेश गरेका ७ मध्ये एक जनालाई उच्च ज्वरो आएपछि बर्दिया अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

बाँकी ६ जनालाई जिल्लाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा पठाइएको जनाइएको छ । ज्वरो आएका बिरामीको कोरोना भाइरस परीक्षणका लागि काठमाडौँ पठाइने बताइएको छ ।
अहिले बर्दियामा झनै उच्च सर्तकता अपनाइएको छ । भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यक बाहेक आवतजावतमा रोक लगाइएको छ ।




