advertisement

कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा फैलिदै गउको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यसहुनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३३,३०० नाघेको छ।

" /> अमेरिकाकोमा दुई नेपालीलाई कोरोना भाइरसकाे संक्रमण भएकाे पुष्टि, एककाे अवस्था गम्भीर - Sarbocha Media

अमेरिकाकोमा दुई नेपालीलाई कोरोना भाइरसकाे संक्रमण भएकाे पुष्टि, एककाे अवस्था गम्भीर

`

     २०७६ चैत्र १० गते ३:२८

एजेन्सी, १० चैत । विश्वमा महामारीकाे रूपा फैलिरहेकाे काेराेना अर्थात काेभिड–१९ बाट अमेरिकामा बसाेबास गर्ने दुई जना नेपालीहरू   संक्रमित भएको पुष्टि भएकाे छ। अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने उनीहरुकाे हाल कुइन्सस्थित एल्मष्ट अस्पतालमा राखेर उपचार भइरहको जनाइएको छ।

कोरोना भाइरस पुष्टि भएका ४७ वर्षीय र ५० वर्षीय नेपालीहरु रहेका छन् । दुईमध्य ५० बर्षीया नेपालीको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ। ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए। उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको परिवार स्रोतले जनाएको छ।

आइतबार एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

advertisement

कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा फैलिदै गउको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यसहुनेहरुको संख्या ४४० पुगिसकेको छ भने संक्रमितहरुको संख्या ३३,३०० नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?