काठमाडौं, १० चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ इटलीमा तीव्र गतीमा फैलिएको छ । चीनको वुहानबाट फैलिएका कोरोनाले अहिले सबैभन्दा बढी इटालीयनकाे ज्यान लिएको छ । अहिलेसम्म कोरोनाले ५ हजार नाघेको छ ।
आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको ज्यान गएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ। आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । वल्र्डमिटर्सका अनुसार सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।
त्यस्तै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ७ सय ५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ तथ्यांक आएको छ ।
त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म ज्यान जानेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।
त्यस्तै इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।
सोमबार बिहान यो समचार तयार गरेको अवधिसम्म चीनमा ३ हजार २ सय ६१ जनाको ज्यान गएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति रिकभर भएर घर फर्किसकेको जनाइएको छ ।




