काठमाडौं, ९ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ जना पुगेको छ। नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको पहिलोपटक मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ७ जना पुगेको हो।
बीबीसी हिन्दीका अनुसार विहारको पटनास्थित एम्स अस्पतालमा शनिबार विहान मृत्यु भएका विरामीको मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिल भारतमा काेराेनाकाे संक्रमण हुनेकाे संख्या ३५९ पुगेकाे छ ।

मंक्रमितमध्ये २४ जना पूर्ण निकाे भएका छन् भने अहिले ३२८ जनामा काेराेनाकाे संक्रमण रहेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।
स्थानीय पत्रकार नीरज सहायले मुंगेर निवासी ती व्यक्तिको शनिवार विहान ९ बजे मृत्यु भएको बताए। मृत्युपछि मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। यद्यपि उनी मृगौला पीडित विरामी पनि थिए।
स्थानीय पत्रकार नीरजका अनुसार विहारमा कोरोना संक्रमित दोस्रो विरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन्। उनी स्कटल्याण्बाट फर्किएका व्यक्ति हुन्।




