काठमाडौं, ९ चैत । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस अथार्त काभिड –१९ ले भटाभट ज्यान लिन थालेपछि विश्व आतंकित बनेको छ ।
विश्वका विभिन्न देशहरुले कोरोनाबाट बच्नका लागि हरेक प्रयासहरु गरिरहेका छन् । यस्तै नेपालमा पनि सरकारले भाइरसलाई मध्यनजर दिदै शैक्षीक संस्था, विमानस्थलको उडानहरु, यातयात सेवा बन्द गरिएको छ भने २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा हुन नदिने जनाएको छ । नेपालमा भारत, मेलेसिया, अमेरिका, इटली, चीन लगयातका विदेशी मुलुकहरुलाई नेपाल प्रबेशमा बन्द गरिएको छ ।
भारतमा पनि कोरोनाको संक्रमणबाट बच्न प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कफ्र्यू लगाइएका छन् । आजदेखि भारतमा अतिआवश्यकबाहेक घर बाहिर ननिस्कन प्रधानमन्त्री मोदीले आह्वान गरेका छन्। भारतमा अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ भने ३ सय ३२ जना संक्रमित भएका छन् ।
भारतीय नागरिकहरुलाई नेपाल प्रबेशमा निषेध गरिएको छ । यसैक्रममा शनिबार भारतबाट नेपालगञ्ज हुँदै २६ जना भारतीय नागरिकहरु दाङको तुलसीपुर आउन लागेका थिए । उनीहरुलाई भारत फिर्ता पठाइएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जाँचका लागि स्थापना गरिएको हेल्थ डेस्कु तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको हो।
शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो। उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन्। उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन। उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणले चीनलाई ध्वस्त बनायो । तर केही दिन अगाडि भने चीनले आफ्नो देशमा यो भाइरसको संक्रमण शून्यमा नै पुगेको घोषण समेत गरियो । चीनपछि अहिले यो भाइरसको संक्रमण इटालीमा तीब्र गतीमा फैलिरहेको छ । वर्ल्डओमिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार ८ २५ पुगेको छ ।
शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको वर्ल्डओमिटर्समा उल्लेख छ । कोरोनाको उद्गमस्थल चीनमा ३ हजार २ सय ६१ को मृत्यु भएको छ ।




