काठमाडौं, ९ चैत। साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ एक हजार रुपैयाँले बढेर प्रतितोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ । गएको शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा झरेको थियो।

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । कोरोना भाइरसको कारण सुनको भाउ बढ्ने र घट्ने भइरहको छ ।




