एजेन्सी, ९ चैत । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ३ पुगेको कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोमा छ ।
कोरोनाबाट संक्रमित भएका अहिलेसम्म विश्वभर ३ लाख ४ हजार ९९९ जना पुगेका छन् । सङ्क्रमण देखिएकामध्ये ९४ हजार ७९३ उपचारपछि घर फर्किएका छन् भने अहिले १ लाख ९७ हजार २०३ जना कोरोना संक्रमित छन् । तीमध्ये ९ हजार ३८२ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोना भाइरस इटालीमा तीब्र गतिमा फैलिरहेको छ । भाइरसले इटालीमा धेरै जनाको ज्यान लिइसकेको छ । चीनबाट सुरु भएको कोरोनाले इटालीमा १ हजार ५७० जना बढीको ज्यान गुमाएका छन् ।अहिले इटालीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ भने चीनमा ३ हजार २५५ रहेको छ । अहिले कोरोनाको संक्रमण हुनेमा पनि इटालीमै बढी छ । चीनमा अहिले ६ हजार १३ जनामा मात्रै कोरोनाको संक्रमण छ भने इटालीमा ४२ हजार ६४१ जना कोरोनाबाट संक्रमित रहेको वर्ल्ड मिटरर्स डट इन्फोले जनाएको छ ।
पछिल्लो २४ घण्टामै इटालीमा ७९३ जनाको मृत्यु भएको छ भने ६ हजार ५५७ जना नयाँ संक्रमित भेटिएका छन् । इटालीमा गत बुधबार ४७५ को मृत्यु भएको थियो भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाको मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए । शुक्रबार ६२७ जनाको ज्यान गएको थियो भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । चीनमा बुधबार चीनमा ८, बिहीबार ३ र शुक्रबार ७ जनाको ज्यान गएको थियो । हालसम्म इटालीमा ४७ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ५ हजार १२९ जना निको भएका छन् । अहिले इटालीमा २ हजार ६५५ जना गम्भीर अवस्था गम्भीर रहेको छ । कोरनोको उद्गम स्थल चीनमा भने हालसम्म ८१ हजार ८ संक्रमित भएपनि अहिले ७१ हजार ७४० जना भने पूर्ण रूपमा निको भइसकेका छन् ।
कोरोना भाइरसले अहिलेसम्म इरानमा १ हजार ५६५ मृत्यु भएको छ भने २० हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म १ हजार ३७८ को मृत्यु भएको भने २५ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ ।




