advertisement

करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन्। उनीहरुमा कोरोना भाइरसबाट संक्रमण भएको छ कि छैन भन्नेबारे अहिले नै थाहा पाउन नसकेको जनाइएको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको कारण विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने चेतावनी दिएका छन् ।

" /> कोरोना भाइरसले लियाे अमेरिकामा एकै घरका आमा र तीन छोराछोरीको ज्यान, तीन जना अस्पताल भर्ना - Sarbocha Media

कोरोना भाइरसले लियाे अमेरिकामा एकै घरका आमा र तीन छोराछोरीको ज्यान, तीन जना अस्पताल भर्ना

`

     २०७६ चैत्र ०९ गते १२:५८

एजेन्सी, ९ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट अमेरिकामा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना अस्पतालमा भर्ना भएका छन् ।

अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वर्षीया महिलासंगै उनको छ जना छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड–१९ बाट संक्रमित भएको जनाइएको छ।

कोरोनाबाट ज्यान गुमाइएको परिवारका चार सदस्यहरू ग्रेस फुस्को र उनका बच्चाहरू रीटा फुस्को,जैक्सन, कारमेन फुस्क र भिन्सेन्ट फुस्को रहेका छन् ।

advertisement

करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन्। उनीहरुमा कोरोना भाइरसबाट संक्रमण भएको छ कि छैन भन्नेबारे अहिले नै थाहा पाउन नसकेको जनाइएको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको कारण विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?