काठमाडौ, ८ चैत । नर्भिक अस्पतालले अहिलेसम्म कोरोना भाइरस संक्रमित नभेटिएको भन्दै एक विज्ञप्ती जारी गरेको छ ।
शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने भ्रामक समाचार प्रकाशित भएको अस्पतालको प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

नर्भिक अस्पतालले ‘फेक न्यूज’ प्रति खेद प्रकट गरेको छ । हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता नलागेको जनाइएको छ
।





