advertisement

ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए। कोरोना देखिएका पुरुषलाई भने उपचारसँगै गत साता नै अमेरिका फिर्ता गरिएको बताइएको छ।

ती महिलालाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर निगरानी थालिएको छ।

" /> १५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा एक महिलामा देखियाे कोरोना संक्रमण - Sarbocha Media

१५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा एक महिलामा देखियाे कोरोना संक्रमण

`

     २०७६ चैत्र ०८ गते ५:५१

एजेन्सी, ८ चैत । भुटानमा एक जनालाई चौथो पटक चेकजाँच गर्दा कोरोना भाइरसको संक्रमण अर्थात कोभिड १९ देखिएको छ । चौथो पटक जाँच्दा मात्र ५९ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार भुटानमा ७६ वर्षीय अमेरिकी नागरिकपछि उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको जनाइएको छ । श्रीमानलाई कोरोना संक्रमण देखिएपछि उनकी श्रीमतीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइन अवधिमा उनको तीन पटक परीक्षण गरिए पनि कोरोना संक्रमण देखिएको थिएन। १५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा उनमा कोरोना भएको देखिएकोसञ्चार माध्यमले जनाएको छ ।

advertisement

ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए। कोरोना देखिएका पुरुषलाई भने उपचारसँगै गत साता नै अमेरिका फिर्ता गरिएको बताइएको छ।

ती महिलालाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर निगरानी थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?