advertisement

राेडहरू शून्य हुँदै गएकाे छ । लामाे दुरिका यातयात पनि १० गतेदेखि लामाे दुरिका बसहरू पनि संचालन गर्न निषध गरिने भएकाे छ । यसकाे फाइदा लिदै यातयातहरूले ठगि धन्दा थालेका छन् ।

" /> तेब्बर भाडा असुल्दै सार्वजनिक यातायात , २८ जना नियन्त्रणमा - Sarbocha Media

तेब्बर भाडा असुल्दै सार्वजनिक यातायात , २८ जना नियन्त्रणमा

`

     २०७६ चैत्र ०८ गते ५:२२

काठमाडौं, ८ चैत । सार्वजनिक यातायातले यात्रुसँग तेब्बरसम्म भाडा असुलेको खुलेको छ ।

टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाउँदै यात्रुसँग तेब्बरसम्म भाडा असुलेका २८ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएकाहरुलाई आइतबार अदालतमा उपस्थित गराइने महानगरीय प्रहरीले बताएको छ।

टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असल्नेहरुलाई भटाभट नियन्त्रणमा लिएको छ । गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको पाइएको बताइएको छ ।

यात्रुको बाध्यतालाई यातायात व्यवसायीले कमाई खाने भाँडो बनाएका छन्। कोरोनाका कारण विश्व त्रसित बनिरहको छ । जसले गर्दा नेपालमा पनि कोरोना संक्रमण हुनबाट बच्नका लागि  नेपाल सरकारले यसमाथि ध्यानआकार्षण गरेको छ ।

advertisement

राेडहरू शून्य हुँदै गएकाे छ । लामाे दुरिका यातयात पनि १० गतेदेखि लामाे दुरिका बसहरू पनि संचालन गर्न निषध गरिने भएकाे छ । यसकाे फाइदा लिदै यातयातहरूले ठगि धन्दा थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?