advertisement

बिक्रेताले आफुले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित राखेपछि त्यस्तो समस्या नउने बताइएको छ । अब भने एक जना उपभोक्ताले धेरै ग्यास लैजान नपाउने भएको छ ।

" /> उपभोक्ताले धेरै ग्यास लिन खाजे एउटा ग्यास पनि नपाइने - Sarbocha Media

उपभोक्ताले धेरै ग्यास लिन खाजे एउटा ग्यास पनि नपाइने

`

     २०७६ चैत्र ०८ गते ४:११

काठमाडौं, ८ चैत । अत्याधिक ग्यास भण्डारण गर्नेको घरमा चुलो नबल्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण मानिसहरु ग्यास धेरै खरिद गरी स्टक राख्न थालेपछि यस्तो व्यवस्था गरिएको हो ।

अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको जनाएको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले सो तरिका अपनाइएको जानकारी दिएको छ।

भारतमा बीस दिनको अवधिमा ३२ हजार टन ग्यास नेपाल आएपनि पनि बजारमा ग्यासको अभाव नहटेकोले त्यसमाथि अनुसन्धान गर्दा एउटै उपभोक्ताले धेरै ग्यास राख्ने गरेको पाइएको जनाइएको छ ।

advertisement

बिक्रेताले आफुले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित राखेपछि त्यस्तो समस्या नउने बताइएको छ । अब भने एक जना उपभोक्ताले धेरै ग्यास लैजान नपाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?