एजेन्सी, ८ चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट २४ घण्टामै १३ सय बढीको ज्यान गएको छ ।
विश्वभर कोरोनाबाट शुक्रबार २४ घण्टामै १ हजार ३४५ को ज्यान गएको हो । यसबाट सबैभन्दा बढी इटालीमा ज्यान गएको छ । कोरोनासँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा ६२७ जनाको ज्यान गएको छ भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका छन् । अहिले इटालीको अवस्था विश्वकै सबैभन्दा भयावह देखिएको छ ।
इटालीमा अहिले कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४ हजार ३२ पुगेको छ भने कोरोनाको उद्गम स्थल चीनमा ३ हजार २४८ पुगेको छ ।शुक्रबार स्पेनमा कोरोनाबाट ज्यान जानेको संख्या २६२ जना पुगेको छ भने ३ हजार ४३३ जनामा नयाँ संक्रमण देखिएको छ । योसहित स्पेनमा कोरोना कारण मर्नेहरुको संख्या १ हजार ९३ पुगेको छ ।
त्यस्तै शुक्रबार कोरोनाबाट ज्यान जानेको संख्या इरानमा १४९, जमर्नीमा २४, अमेरिकामा ४९, फ्रन्समा ७८, दक्षिण कोरियामा ३, स्वीजरल्याण्डमा १३, बेलायतमा ३३, नेदरल्याण्डमा ३०, बेल्जियमा १६, स्वीडेनमा ५, डेनमार्कमा ३, इक्वेडरमा ४, इन्डोनेसियामा ७, पेरुमा ३, इराकमा ४, हंगेरीमा ३, टर्कीमा ५, ग्रिकमा ४ र ब्राजिलमा ४ जना पुगेको छ ।

पोर्चुगल, युएई, अल्जेरियामा २र२ जनाको मृत्यु भएको छ भने इजरायल, पाकिस्तान, लक्जेमबर्ग, इजिप्ट, भारत, फिलिपिन्स, तइबान, सर्विया, कोस्टारिका, मोरक्को, गावोनमा १र१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म विश्वभर कुल ११ हजार ३७६ जनाको ज्यान गइसकेकोछ भने २ लाख ७५ हजार संक्रमित भएका छन् । ९० हजार ९४३ जना भने निको भएर घर फर्किएका छन् । अहिले विश्वका १८५ देशमा फैलिएको छ ।




