काठमाडौं, ६ चैत । साताको पाँचौ दिन सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेको छ ।
सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि आज प्रतितोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।




