काठमाडौं, ६ चैत । भारतमा कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् ।
भारतमा कोरोनाको संक्रमणको आशंकापछि एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेका छन् । कोरोनाको तनावले ती बिरामीले आत्महत्याको निर्णय लिएको हुनसक्ने आशंका गरिएको बताइएको छ।

आत्महत्या गरेका युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । उनलाई दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको सञ्चारमाध्यममा उल्लेख छ ।




