काठमाडौं, ६ चैत । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारका लागि तय भएका सबै परीक्षा भने सञ्चालन गर्ने भएको छ ।
त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा आज अर्को सूचना निकालेर जानकारी गराउने जनाइएको छ । सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको जनाइएको छ ।

बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक भएपछि थप रणनीति तय हुने भएको छ ।



