advertisement

मंसिर ३० गतेको निर्णय अनुसार भोलि अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीको परीक्षा तय भएको थियो ।

अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन । यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए ।

 

" /> परीक्षा शुरू हुनु १५ घण्टा अगाडि एसईई स्थगित - Sarbocha Media

परीक्षा शुरू हुनु १५ घण्टा अगाडि एसईई स्थगित

`

     २०७६ चैत्र ०५ गते १:११

काठमाडौं, ५ चैत्र । कोरोना भाइरस (कोभिड १९)को कारण भोलि बिहीबारबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो ।

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० को निर्णय अनुसार एसईई परीक्षा भोलि बिहान ८ बजेबाट शुरु हुँदै थियो तर परीक्षा शुरु हुन १५ घण्टा अघि नै स्थगित भएको छ ।

advertisement

मंसिर ३० गतेको निर्णय अनुसार भोलि अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीको परीक्षा तय भएको थियो ।

अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन । यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?