advertisement

२०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए थियो भने ५२ जनाको रक्त समूह ओ थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत रक्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृत्यु भयो।

याे तथ्यांक अनुसार रक्त समूह एकाे मानिसलाई काेराेनाकाे संक्रमण बढी भएको देखिन्छ ।

" /> ब्लड ग्रुप ए भएका मानिसमा कोरोना भाइरसको संक्रमण बढी र छिटो हुने : चिनियाँ अध्ययन - Sarbocha Media

ब्लड ग्रुप ए भएका मानिसमा कोरोना भाइरसको संक्रमण बढी र छिटो हुने : चिनियाँ अध्ययन

`

     २०७६ चैत्र ०५ गते ६:२८

एजेन्सी, ५ चैत्र । चीनकाे वुहानबाट फैलिएकाे कोरोना भाइरस अर्थात कोभिड–१९ ब्लड ग्रुप अनुसार संक्रमण हुने पत्ता लागेको छ ।

ब्लड ग्रुप ए भएका मानिसमा कोरोनाको संक्रमण बढी र छिटो हुने अध्ययनले जनाएको छ । साथै ब्लड ग्रुप ए भएका मानिसलाई कोरोना लागिसकेपछि पनि गम्भीर अवस्था हुने अध्ययनले देखाएको छ । ब्लड ग्रुप ओ भएका व्यक्तिहरुलाई भने संक्रमण थोरै हुने अध्ययनल जनाएको छ ।

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण भिन्न हुने निष्कर्ष निकालेका हुन् ।

वुहान विश्वविद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा उक्त अनुसन्धान २,१७३ व्यक्तिमा अध्ययन गरिएको थियो । यीमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो ।

advertisement

२०६ जनाको रक्त समूह छुट्याउँदा ८५ जनाको रक्त समूह ए थियो भने ५२ जनाको रक्त समूह ओ थियो । अर्थात् रक्त समूह ए करिब ४१.२६ प्रतिशत रक्त समूह ओ करिब २५ प्रतिशत मानिसको मृत्यु भयो।

याे तथ्यांक अनुसार रक्त समूह एकाे मानिसलाई काेराेनाकाे संक्रमण बढी भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?