एजेन्सी, ५ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको काेराेना भाइरसकाे कारणा युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले ३० दिन सीमानाका बन्द गर्ने भएको छ ।
कोरोनाविरुद्ध जुधिरहेका ईयूका मुलुकहरूले थप सतर्कता अपनाउँदै नाका बन्द गर्ने निर्णय गर्ने भएको हो । सीमा बन्द गर्ने यो निर्णय आइसल्यान्ड, लिकस्टेन, नर्वे र स्विट्जरल्यान्डसहित ईयू आबद्ध २६ देशले अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।
बीबीसीका अनुसार लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने जनाइएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले चीनपछि युरोपेली देशहरूलाई समातेको छ । युरोप क्षेत्रको इटली, स्पेन र फ्रान्समा यसले महामारीको रूप लिइरहेको छ ।




