एजेन्सी, ५ चैत । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०९ पुगेको छ। अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १०९ पुगे विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोमा उल्लेख छ।
पछिल्लो २४ घण्टाभित्र मात्रै अमेरिकामा २३ जनाको ज्यान गएको छ भने १ हजार ७ सय भन्दा बढीमा नयाँ संक्रमण देखा परेको छ ।अमेरिकामा कोरोना भाइरसबाट ६ हजार ४४१ जना संक्रमित भएका छन् । १०६ जना पूर्ण रुपमा भाइरसको संक्रमित भएका छन् भने १२ जना जटिल अवस्थामा भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । अहिलेसम्म विश्वव्यापी रूपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९६५ पुगेको छ भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ९६ हजार नाघिसकेको छ ।
हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ८१ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ७ हजारभन्दा बढी जटिल अवस्थामा छन् ।




