advertisement

बेपत्ता छानबिन आयोगले सार्वजनिक गरेको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ । आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम सार्वजनिक गरेको छ । जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए । ‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला,’ घिमिरेले भने, ‘उहाँसँग बयान लिएर कुन किसिमको राहत दिने, उजुरीलाई कसरी टुंग्याउने भन्ने निर्णय भएपछि बेपत्ताको सूचीबाट हटाइन्छ । अहिले अनुसन्धानकै क्रममा छ ।’

" /> बेपत्ताको सूचीमा मन्त्री बिना मगरको पनि नाम ! - Sarbocha Media

बेपत्ताको सूचीमा मन्त्री बिना मगरको पनि नाम !

`

     २०७६ चैत्र ०४ गते ११:१४

काठमाडाैं, ४ चैत्र । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दश वर्षे माओवादी सशस्त्र हिंसाका समयमा वेपत्ता पारिएका नागरिकहरुको बारेमा सूचना दिएर सघाउन अपील गरेको छ । आयोगमा उजुरी दिएका २ हजार ५ सय ६ जनाका बारेमा जानकारी माग्दै आयोगले सूचना निकालेको हो ।

द्वन्द्वका समयमा वेपत्ता पारिएको भन्दै आयोगसमक्ष उजुरी दर्ता गराएको २ हजार ५ सय ६ जनाको नाम यसअघि नै आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको थियो । ती मध्ये बहालवाला खानेपानी मन्त्री बिना मगरको नाम सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा राखिएको छ ।

advertisement

बेपत्ता छानबिन आयोगले सार्वजनिक गरेको सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ । आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम सार्वजनिक गरेको छ । जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए । ‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला,’ घिमिरेले भने, ‘उहाँसँग बयान लिएर कुन किसिमको राहत दिने, उजुरीलाई कसरी टुंग्याउने भन्ने निर्णय भएपछि बेपत्ताको सूचीबाट हटाइन्छ । अहिले अनुसन्धानकै क्रममा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?