काठमाडौं, ४ चैत । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ घटेर आज प्रति तोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको हो । सोमबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ प्रति तोलामा ८० रुपैयाँले घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।




