advertisement

४ हजार ३७५ केजी मास्क बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ।

" /> ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी प्रहरी नियन्त्रणमा - Sarbocha Media

८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी प्रहरी नियन्त्रणमा

`

     २०७६ चैत्र ०३ गते ६:१२

काठमाडौं, ३ चैत । काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई सोमबार विहान नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरु दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार गोयलको गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको छ । आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको पाइएपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।

advertisement

४ हजार ३७५ केजी मास्क बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मास्कको एउटा बोरामा १०० प्याकेट मास्क रहेको र एक प्याकेटमा ४८ थान रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?