काठमाडौं, ३ चैत । सरकारले कोरोनासँग जुध्न स्थानीय तहका लागि २१ बुँदे कार्यसूची तयार पारिएको छ ।
सरकारले गरिरहेका कामको सीडीओसँग समन्वय गरी प्रत्येक दिन दिउँसो २ बजे रिपोर्टिङ गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम र नियन्त्रणका लागि गरेका कामको दैनिक रिपोर्टिङ गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहलाई पत्राचार गरेर कोरोनाविरुद्ध गरिएका पूर्वतयारी, सतर्कतासम्बन्धी कामको विवरण र केही समस्यासमेत भएमा प्रत्ये दिन २ बजे मन्त्रालयमा प्रतिवेदन पेश गर्न अनुरोध गरेको हो ।





